ताेलामा करिव ३ हजारले घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । सुनकाे भाउ मंगलबार पनि घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ । साेमबार सुन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here