दुर्घटना न्यूनिकरणका लागि युवाहरुको ट्राफिक सचेतना

पप्पु गुरुङ, दोधारा १७ कात्तिक । माहाकालीमा सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रम सञ्चालन भएको छ ।

युएनडिपीको सहयोग तथा संजवनी नेपालको आयोजना र सनसेट युथ भोलेन्ट्री ग्रुप, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भएको हो ।

माहाकाली नगरपालिकाका सवारी साधनमा ब्यापक दुर्घटना हुँदै आएको भन्दै ट्राफिक सचेतना कार्यक्रम अघि बढाईएको आयोजक संस्थाले जनाएको छ ।

माहाकाली नगर क्षेत्रको मुल सडक खण्डमा एक सातामा दर्जनौ मोटरसाईकल दुर्घटना हुदै आएको र त्यस मध्य एक जनाको उपचारको क्रममा मृत्यु भएको र दर्जनौ सवारी चालक तथा सवारहरु घाईते हुँदै आएको हुदा सडक दुर्घटना न्युनिकरण गर्न आज दिनभरी माहाकाली नगरपालिकाको मुल सडक खण्डमा सवारी चालक तथा सवारहरुलाई सचेतना गराईएको थियो ।

आज बिहान माहाकाली नगरपालिका वडा नं. ४ स्थित रहेको महाकाली झोलुङ्गे पुलमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सुरु गरिएको हो । उद्धघाटनमा सनसेट माहाकालीका संयोजक रमेश भण्डारीको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख आतिथी माहाकाली नगरपालिकाका उपप्रमुख चिनी गिरीले कार्यक्रमको ब्यनार तथा प्ले कार्ड पढेर उद्धघाटन गरेका थिए ।

उपप्रमुख चिनी गिरीले सबै युवाहरुलाई सचेतना फैलाउन र नगरपालिका क्षेत्रमा अभियान संचालनका लागी शुभकामना दिएका थिए ।

माहाकाली नगरपालिकाको झोलुङ्गेपुलबाट शुरु गरिएको अभियानले मुख्य बाजार क्षेत्रहरु चाँदनी बजार, माननीय चौक, हेल्थपोष्ट, आमबगैचा, बाबाथान बजार, कालिका हाट बजार, कुतियाकवर लगाएत मुल सडक खण्डमा सचेतना अभियान अगाडी बढाएको थियो ।

माहाकाली नगरपालिका नगर उपप्रमुख चिनी गिरीले युवाहरुले बिगत लामो समय देखि सनसेटका युवाहरुले माहाकाली नगर क्षेत्रमा सकारात्मक कार्य गर्दै आएको बताएका छन् ।

कार्यक्रममा शसस्त्र प्रहरीका सई महेन्द्र कुमार बम, बाबाथान प्रहरी चौकीका असई परमानन्द धामी, सनसेटका उपसंयोजक निर्मला सुनार, सचिव अमृत विक सदस्यहरु कोमल उपाध्याय, रमेश सिह भण्डारी, खडक रावल, नवराज भटट, पुनम थापा, भानु सुनार, निलम राना, बिनोद चौधरी, भुपेन्द्र ओली रिता जोशी, सिता सुनार लगाएत स्वयम् सेवकहरुको सभागिता रहेको थियो ।

सडक सचेतनामा हेल्मेट प्रयोग नगर्नेहरुलाई हेल्मेट प्रयोग गर्ने, ब्ल्यु बुक, लाईसेन्स राख्न तथा बजार क्षेत्रमा समेत गाडी ब्यवस्थापन समेत गर्नका लागी बजार क्षेत्रमा रहेका नागरिकहरु तथा बजार ब्यवस्थापन सम्बन्धमा छलफल गरिएका सनसेटका संयोजक रमेश भण्डारीले बताएका छन् ।

यात्रु सवार गाडी, मोटरसाईकल रोक्दै युवाहरु सवारी चालक सहचालकहरुलाई ट्राफिक सचेतना फैलाईएको सनसेटका संयोजक भण्डारीले बताए ।

मोटरसाईकल चालकलाई हेलमेटको क्लिप लगाउन, सवारी चलाउदा आवश्यक कागजात बोक्न अनुरोध गर्दै माहाकालीका मुल सडकमा सनसेटका युवा जमात, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय तथा जनप्रतिनिधी सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन् ।

माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी समेत ट्राफिक सचेतना कार्यक्रममा दिनभरी खटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here