काठमाडौं । नेकपा माओवादी केन्द्रले विघटित केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । नेकपा एकीकृत समाजवादी सहितका दलहरूसँग एकताको निर्णय अनुमोदन गर्न केन्द्रीय समितिको बैठक बोलाउन लागिएको हो ।
एकीकृत समाजवादी सहितका दलसँगको एकताको निर्णय अनुमोदन गर्नु बैठकको मुख्य एजेन्डा रहने बताइएकाे छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोज १० मा बसेको थियो । साे केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।





















