कुलमानले भने ‘मैले राजीनामा दिन लागेको हल्ला गलत हो’

काठमाडौं । अन्तरिम मन्त्रिपरिषदका सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने हल्ला गलत भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत याे हल्ला गलत भएको बताएका हुन्। उनले लेखेका छन् ‘ सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here