१२.१७ अंक बढ्याे नेप्से, काराेबारमा भने कमि

१९ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार १२.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।

नेप्से बढे पनि कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भयो ।
१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रहेका छन्। यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढेकाे छ। त्यस्तै बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशत बढेका छन्।

आज होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घटेकाे छ। दुई कम्पनी माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्सको ८.७६, सम्पदा लघुवित्तको ६.०६, माहुली लघुवित्तको ५.१५ प्रतिशत मूल्य बढ्यो ।

यता फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घटेकाे छ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here