काठमाडौं । अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएका जोहरन ममदानीले नेपाली रेष्टुरेन्टमा पुगेर म:म खाएका छन् ।
मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्टमा ‘लञ्च’ का लागि पुगेका हुन् । ३४ वर्षीय ममदानीले नेपाली रेष्टुरेन्टमा म:म, आलु र चिया खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमा साझा गरेका छन् ।
‘मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो,’ उनले लेखेका छन्, ‘तर, मेरा सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो ।’























