हितेन्द्रदेव शाक्यलाई सर्वाेच्चले दिएन अन्तरिम आदेश

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उनले दाबी गरेको रिट निवेदनमा दुई पक्षको छलफलपछि ९ मंसिरमा पेशी तोक्न आदेश दिएका छन् ।

यसअघि यस्तै प्रकृतिका निवेदनमा अन्तरिम आदेश नभएको बरु मुद्दाको छिटो सुनुवाइ गर्नेगरी आदेश भएको भन्दै सर्वोच्च अदालतले यो मुद्दामा पनि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

आदेशमा भनेको छ, ‘ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै राखि निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन ।’

कुलमान घिसिङ मन्त्री भएलगत्तै शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा तानेर मनोज सिलवाललाई कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको थियो ।

त्यो निर्णय गैरकानुनी रहेको भन्दै शाक्य सर्वोच्च अदालत पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here