२२ कात्तिक, काठमाडौं । त्रिभुवन विमानस्थल सूचारु भएको छ । करीव ४ घण्टा अवरुद्ध भएको विमानस्थल साँझ ९ः४० बाट सूचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
विमानस्थलको धावनमार्गमा रहने लाइट बिग्रिएका कारण यहाँ लामो समय उडान÷अवतरण ठप्प हुन पुगेको हो । आज अन्तर्राष्ट्रिय उडानका दर्जन बढी अवतरण र त्यति नै उडान प्रभावित भए । आन्तरिक उडानका समेत सोही संख्यामा उडान रद्द भएका छन् ।






















