मकवानपुरमा बसकाे ठक्करबाट एककाे मृत्यु

काठमाडौं । मकवानपुरमा भएकाे सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक महोत्तरीको रामगोपालपुर–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here