२५४० अंकमा झर्‍यो सेयर बजार

३० कात्तिक, काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ ।

याे अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । आज ७४ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रहेकाे छ।
बजार घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भएकाे हाे।

आज होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशत बढेका छन्।

यता बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशत घटेका छन्।

तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । जसमा हालै सूचीकृत भएका सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकार छन्। त्यस्तै नबिल डिबेन्चर २०८५को ९.९१, नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेकाे छ । रुरु जलविद्युत्‌को ९.५२, दरामखोला हाइड्रोपावरको ६.०९, पिपुल्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here