२ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ ।
सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भएकाे हाे।
२०७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ५ को स्थिर रहेकाे छ। यस दिन सबै समूहका सूचक बढेका छन् ।
आज बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६ अंकले बढेका छन्। त्यस्तै उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशत बढेका छन्।
पाँच कम्पनी सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार मूल्य १० प्रतिशत बढेको छ ।
हिमस्टार ऊर्जाको ८.७, मिडसोलु हाइड्रोपावरको ७.०४, नारायणी डेभलपमेन्ट बैंकको ५.५८, माइखोला हाइड्रोपावरको ५.२४ प्रतिशत मूल्य बढेका छन्।






















