‘टिकटक’ को पहिलो स्मार्टफोन सार्वजनिक, के-के छन् विशेषता ?

काठमाडौं । सोसल मिडिया ‘टिकटक’ कम्पनी ‘बाइट डान्स’ले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले ‘स्मार्टिसान जियांगुओ प्रो ३’ नामक स्मार्टफोन लञ्च गरेको हो । कम्पनीले यस अघि स्मार्टफोनमा सफ्टवेयर फिचर्स दिदैँ आएको थियो। यो स्मार्टफोन दुई भरिएन्टमा उपलब्ध रहेको छ।

चार रियर क्यामेरा भएको यस स्मार्टफोन ग्राहकले एउटा मात्र रङमा किन्न पाउनेछन्।

पहिलो पटक चिनियाँ बजारमा सार्वजनिक गरेको यस स्मार्टफोनको मूल्य सुरूवाती मूल्य २८ हजार ९ सय ९९ चिनी युआन रहेको छ। यसको नेपाली मूल्य भने लगभग ४६ हजार पर्ने देखिन्छ।

कम्पनीले स्मार्टफोन बजारमा ल्याउने समाचार वर्षको सुरुमै सार्वजनिक भएको थियो । यो स्मार्ट फोनमा १ हजार ८० गुणा २३ हजार ४० पिक्सेल रिजोलुसन युक्त ६.३९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ ।

यसमा १२ जिबीसम्मको र्याम छ भने २ सय ५६ जिबीको स्टोरेज रहेको छ । साथै फोनमा स्नापड्रागन ८५५ प्लस प्रोसेसर रहेको छ ।

यो फोनले स्मार्टिसन अपरेटिङ सिस्टममा काम गर्दछ । तर यो एन्ड्रोइडको कुन संस्करणमा आधारित छ भन्ने बारेमा खुलाइएको छैन । २ सय ५६ जिबी इन्टर्नल स्टोरेजयुक्त फोनमा फास्ट डाटा ट्रान्सफरका लागि युएफएस थ्री इक्वेलटु जिरा सपोर्ट उपलब्ध छ ।

फोटोग्राफीका लागि टिकटकको यो फोन उत्कृष्ट रहेको छ । यसमा क्वाड रियर क्यामरा सेटअप रहेको छ । अर्थात् पछाडिको भागमा रहने क्यामराहरु चारवटा रहेका छन् ।

जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सरसँगै १३ मेगापिक्सेलको वाइड एंगल क्यामरा, ८ मेगापिक्सेलको टेलिफोटो लेन्स र ५ मेगापिक्सेलको म्याक्रो क्यामरा पनि रहेको छ । ब्याट्रीः ४ हजार एमएएच रहेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here