१८ मंसिर, काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्यकाे रेकर्ड बनाएकाे सुन आज घटेकाे हाे। बुधबार चाँदि प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेकोमा आज तोलामा ३० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ ।
त्यस्तै सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको छ ।























