सातै प्रदेश प्रमुखको नाम सिफारिस, को को परे ?

काठमाडौं,१८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलकबहादुर परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here