भारतले नेपाललाई एक सयभन्दा ठूला दरका भारतीय मुद्रा (नोट) चलाउनका लागि अनुमति दिएको छ । हाल नेपालमा भारु एक सय मात्र चल्दै आएको छ । अब सयभन्दा ठूला दरका २ सय, ५ सय र दुई हजार दरका नोट पनि चल्ने भएको हो । भारतीय केन्द्रिीय बैंकले विदेशी मुद्रा सटही (मुद्राको आयात तथा निर्यात) विनियमावली, २०२५ संशोधनमार्फत भारतीय केन्द्रीय बैंकले नेपाल र भुटानमा २५ हजार भारुसम्म ओसारपसार (आयात–निर्यात) गर्न अनुमति दिएको हो ।
तर भारतले अनुमति दिएकै भरमा नेपालमा ती दरका नोट नेपालमा चलाउन भने पाइदैन । किनकी नेपाल राष्ट्र बैंकले पनि नेपालमा सय दरभन्दा ठूला नोट कारोबारमा नल्याउन निर्देशन दिएको छ । यसकारण एक सयभन्दा ठूला दरका नोट प्रचलनमा ल्याउन राष्ट्र बैंकले फेरी निर्देशन जारी गर्नुपर्नेछ । त्यसपछि मात्र नेपाली नागरिकले एक सयभन्दा ठूला दरका भारतीय मुद्रा प्रचलनमा ल्याउन पाउनेछन् ।
भारतले विदेशी मुद्रा सटही (मुद्राको आयात तथा निर्यात) विनियमावली, २०२५ संशोधनमार्फत भारतीय केन्द्रीय बैंकले नेपाल र भुटानमा २५ हजार भारुसम्म ओसारपसार (आयात–निर्यात) गर्न अनुमति दिएको हो । यसअघि भारतबाट २५ हजार रुपैयाँसम्म भारतबाट नेपाल ल्याउन पाउने भएपनि नेपालबाट भारत लैजान अनुमति दिइएको थिइएन ।
यस्तो व्यवस्थाले नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी, व्यवसायी र बिरामीलाई मात्र नभएर भारत जाने नेपाली पर्यटक, विद्यार्थी सबैलाई सुविधा पुग्ने जानकारहरु बताउँछन् ।
अहिले भारतले २५ हजार भारुसम्म ल्याउन–लैजान सुविधा दिएको हो ।
खासगरी सन् २०१६ मा ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय दरका नोट भारतबाट नेपाल ल्याउन अनुमति दिए पनि भारत लैजान छुट दिएको थिएन । यही कारण नेपाल सरकारले पटकपटक तोकिएको सीमा बराबर भारु भारत पनि लैजान पाउने व्यवस्था गर्न आग्रह गर्दै आएको थियो । तर उक्त आग्रह भारतले मानेको थिएन ।
आरबीआईले गरेको नयाँ व्यवस्थाले उल्लिखित सबै दरका भारु नोट नेपालमा सटहीका लागि बाटो खुलेको छ ।
नोटबन्दीपछि भारत सरकारले नेपालमा रहेका ५ सय र हजार दरका नोट अझै सटही गरिदिएको छैन ।





















