घट्याे सुनकाे भाउ, चाँदीमा सामान्य वृद्धि

प्रतिकात्मक तस्विर

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ ताेकिएकाे छ। याे अघिल्लो दिनको तुलनामा २ सयले कम हो । शुक्रबार सुन ताेलामा २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here