काठमाडौं । गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । घटनामा २५ जनाको मृत्यु भएकोमा ४ जना नेपाली रहेका हुन्। ।
घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सदिप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

























