काठमाडौं। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेर आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।उनीहरूलाई जेनजी सुशासन योद्धाकाे संज्ञा दिइएकाे छ।
सबै सीडीओ कार्यालयहरुलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको छ ।























