काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६ .७४ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०१ अंकमा कायम भएको छ । आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडको भएको हो ।
सोमबार १५५ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १० को स्थिर रह्यो । बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ तथा व्यापार समूह ०.२७ प्रतिशत बढेका छन् ।
होटल तथा पर्यटन ०.११, लगानी ०.०८, माइक्रोफाइनान्स ०.०८ तथा अन्य समूह ०.१७ प्रतिशत घटे।
दुई स्वस्तिक लघुवित्त र एसवाई प्यानल १० प्रतिशतले बढेका छन् । त्यस्तै स्वेतगंगा हाइड्रोपावरको ८.७९, ओम मेगाश्रीको ४.०९ तथा इङवा हाइड्रोपावरको ३.९७ प्रतिशत मूल्य बढ्यो । हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, लक्ष्मी सनराइज बैंक, एसबीआई बैंक, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स छन् ।



















