प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिको सहभागीता रहेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाद प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द प्रसाद कलौनी र सुदूर पश्चिम प्रदेशमा सर्मीला कुमारी पन्तलाई नियुक्त गरेकी हुन् ।