सवारी साधन चोरी भयो ? यसरी दिनुहोस् निवेदन

काठमाडौं १९ कात्तिक । पार्किङ गरेका स्थानबाट सवारी साधन र सवारीका पार्टपूर्जा चोरी हुने गरेको छ ।

चोरी हुनेमा मोटरसाइकल, स्कुटर नै रहने गरेको छ । कतिपय साधन दिउँसै चोरी हुनेछ । कति घरमा राखिएको समयमा पनि चोरी हुने गरेको छ । सडकमा पार्किङ गरी राखिएका मोटरसाइकल र स्कुटर पनि हराउँछन् ।

कुनै पनि सवारी साधन चोरी भएको खण्डमा तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारी साधन सम्बन्धी बिस्तृत जानकारी टिपाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा,रामशाहपथले अनुरोध गरेको छ ।

साथै फोन मार्फत टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखामा गई निवेदन दर्ता गराउनु पर्नेछ ।

जसका लागि आवश्यक कागजपत्रहरुसँगै बुझउन समेत आग्रह गरेको छ । हराएको सावारी साधनको दर्ता किताब, मिति, स्थान, चेसिस नम्बर लगायत निवेदनको साथमा बुझाउनु पर्ने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here