आज पनि घट्याे सुनकाे भाउ, यस्ताे छ मुल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।
गत सोमबारदेखि घट्न शुरु गरेकाे सुनले यसदिन पनि निरन्तरता पाएको हो।

बिहीबार प्रतितोला एक हजार चार सय रूपैयाँ सुनकाे भाउ घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार तोलामा चार हजार चार सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ कम हाे।