भेनेजुएलामा राष्ट्रिय संकटकालको घोषणा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकास सहितका शहरहरूमा भीषण आक्रमण गरेपछि राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

संकटकाल घाेषणा गर्दै उनले अमेरिकी आक्रमणको निन्दा गरेका छन्। साथै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको बताएका छन् ।

उनले सबै राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स)लाई उचित समय र उपयुक्त परिस्थितिमा लागू गर्न पनि निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here