काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उनले यस्ताे अभिव्यक्ति दपएका हुन्। उनले भने हेटौंडामा घर भत्काउने काम सरकारकाे हाे? चुनाव गराउन पर्दैन । चुनावको वातावरण बनाउन पर्दैन ? उनले भने, ‘भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले ।’
उनले थपे ‘भत्काएर मात्रै देश बन्दैन, बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छेको, उन्मादमा नशामा देश बन्दैन,’ ओलीले भने ।


























