काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचनमा रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।
‘अहिलेको चुनाव म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’
उनले पश्चिम रुकुमका जनताको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।


























