काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म ८५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । उनीहरूलाई आइतबारसम्म समावेशी क्लस्टर मिलाउने समय दिइएको थियो ।
उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुने वा वारेस मार्फत् समेत उम्मेदवारी फिर्ताको निवेदन दिन सकिन्छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनकाे प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भने आगामी माघ ६ गतेका लागि तय भएको छ ।
























