काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएपछि संस्थापन पक्षले यसलाई अवैधानिक भनेको छ । यता उनीहरुका पक्षधरहरूले भने पार्टीको विधान अनुसार विशेष महाधिवेशन भइरहेको बताउँदै आएका छन् ।
दुवै पक्षले आआफ्नो अडानमाम बसेपछी अहिले सहमति खोज्न अहिले बालुवाटारमा वार्ता शुरु भएको छ । वार्ता चलिरहँदा वार्तामा सहभागी भएका नेता पौडेलले एक्समा लेखेका छन्, ‘वाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउने लेखेका छन् । उनले लेखेका छन् ‘हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं ।’
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।
यता सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।























