काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार घोषणा गरेका छन् । जनकपुरधाममा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई विजयी गराउन आग्रह गरे ।
उनले भने‘म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एकजना सदस्यको रूपमा रहन चाहन्छु । त्यसका लागि तपाईंहरूले मलाई मत दिनुपर्छ।’
आफू निर्वाचित भए जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तथा अयोध्यादेखि जनकपुर जाेड्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनकपुुरलाई अध्यात्मको राजधानीको रूपमा विश्वभर परिचित गराउने समेत बताए ।
उनले युवाहरूका लागि रामजानकी रंगशाला निर्माण गर्ने, सुशासन र सार्वजनिक सेवा वृद्धिमा काम गर्ने बताए ।
























