९.४३ अंकले घट्याे नेप्से, काराेबारमा पनि कमि

७ माघ, काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अंकले घटेकाे छ ।

आज बजार २७०५.३८ अंकमा झरेको छ । बुधबार नेप्सेमा कारोबार भएका १ सय ७४ कम्पनीको सेयर मूल्य घटेकाे छ।

आज ८२ कम्पनीको सेयर बढेको छ भने २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । नेप्सेमा कारोबार भएका सेयरमध्ये कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतसम्म बढेको छ।

यस दिन बैंकिङ समूह २.२५, विकास बैंक ३४.६२, वित्त ४३.२८, होटल १४०.३३, जलविद्युत् १.१५, लगानी ०.६८, जीवन बीमा ४७.८८, उत्पादनमूलक ४२.९७, लघुवित्त १२.७७, सामूहिक लगानी कोष ०.१३, निर्जीवन बीमा ३३.६८ र व्यापार ५२.४० अंकले घटेका छन् । यता अन्य समूह भने ६.३४ अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ७ सय ६६ कारोबारबाट ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

मंगलबार नेप्सेमा पौने १२ अर्ब रुपैयाँ बराबर सेयर किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here