शुक्रबार यी स्थानमा वर्षा र हिमपातकाे सम्भावना

फाइल फोटो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

बुधबार जारी मौसम बुलेटिनअनुसार शुक्रबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको छ । हिमपातको कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले सावधानी अपनाउन समेत विभागले भनेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here