रेकर्ड मूल्यबाट केहि घट्याे सुन, यस्ताे छ आजको भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार केहि घटेकाे छ। आज सुन तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएकोमा आज ५ हजार ८७० रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here