चुनावी माहाेलले सेयर लगानिकर्ता उत्साहित

११ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमका लागि माहाेल बनेसँगै सेयर बजारमा उत्साह छाएकाे छ।

जसअनुसार आइतबार नेप्से बन्द हुँदा ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका २ सय ४० कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको नेप्सेले जनाएको छ ।

आइतबार नेप्से कारोबार रकम नै करिब १४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २४.९१, विकास बैंक ९९.०९, वित्त ४५.२९, होटल २४६.२५, जलविद्युत् ९५.९९, लगानी २.९९, जीवन बीमा २६८.६८, उत्पादनमूलक २७५.२९, लघुवित्त ८१.१०, सामूहिक लगानी कोष ०.२०, निर्जीवन बीमा २२०.७५, अन्य ३७.९६ र व्यापार ५६.९३ अंकले बढेका छन् ।

यता नेप्सेमा कारोबार भएका १९ कम्पनीको सेयर मूल्य भने घटेको छ । नेप्सेमा ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी नेप्सेमा ३ सय ३१ कम्पनीको १ लाख ३३ हजार ५ सय २९ कारोबारबाट १३ अर्ब ७८ करोड बराबरका ३ करोड ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here