काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेकाे हाे। यससँगै चाँदीको भाउ ५ हजार ३ सय ३५ रुपैयाँ पुगेकाे छ । हिजो सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।





















