काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि बढेको छ ।
सुुन आज तोलामा ४ हजार १ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको भाउ तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ २ सय ४० रुपैयाँले बढेको छ । चाँदी २ सय ४० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ थियो ।



















