काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्।
फागुन १ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।
गत सोमबार माघ २६ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले आज अधिवेशन अन्त्य गरेका हुन्।
























