बंगलादेशलाई प्रधानमन्त्रीले दिइन् बधाई

काठमाडौं । बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा सम्पन्न १३औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।

उनले सामाजिक सन्जालमार्फत बंगलादेश नेसनल पार्टी (बीएनपी ) लाई उल्लेखनीय विजय दिलाएकोमा पार्टी प्रमुख तारिक रहमानलाई विशेष बधाई दिएकी हुन् ।

कार्कीले आफ्नो सन्देशमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न बंगलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्न इच्छा समेत व्यक्त गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here