५ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार २० अंक घटेको छ । नेप्से २०.७५ अंक घटेर २६४२.१५ बिन्दुमा झरेको हो ।
मंगलबार नेप्सेमा कारोबार भएका २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ४२ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन । तर, मंगलबार नेप्सेमा कारोबार भएको सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९ प्रशितले बढेको नेप्सेले जनाएको छ ।
मंगलबार बैंकिङ ६.१७, विकास बैंक ६७.३५, वित्त ५२.३४, होटल ८६.७५, जलविद्युत् ५८.१४, लगानी ०.५०, जीवन बीमा ९९.४७, लघुवित्त २४.४४, निर्जीवन बीमा ८२.३४, अन्य १३.४७, होटल ३१.६३ र उत्पादनमूलक ६७.२६ अंक घटेका छन् । तर, सामूहिक लगानी कोष र व्यापार समूह भने क्रमश: ०.१० र ८.३७ अंक बढेका छन् ।
मंगलबार नेप्सेमा ३ सय ५४ कम्पनीको ८३ हजार ७५ कारोबारबाट २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोडमा खरिद–बिक्री भएको छ । सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयरबाट ७ अर्ब ९४ करोडमा खरिद–बिक्री भएको थियो ।


























