धादिङ बस दुर्घटना: एक घाइतेको उपचारको क्रममा मृत्यु

काठमाडौं । धादिङ बस दुर्घटनाका एक घाइतेको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको हाे।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here