११ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ३सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५९५ रुपैयाँ पुगेको छ ।























