काठमाडौं । धादिङमा बस दुर्घटना भएको विषयमा गृह मन्त्रालयमा बैठक बसेको छ।
सोमबार बिहान मन्त्रालयमा बैठक बसेर छानबिन समिति गठन गर्ने निर्णय भएको हाे। दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।
ठूलो दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी, सुरक्षा अंगका प्रमुख लगायतको उपस्थितिमा बैठक बसेको थियो।


























