काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।
सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना मा परेको हो ।
दुर्घटनामा झन्डै एक दर्जन व्यक्ति घाइते भएको भएको प्रहरीले जनाएको छ ।
यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

























