निर्वाचनको दिन आन्तरिक हवाई उडान बन्द

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको दिन देशभरका आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै यसबारे जानकारी गराएको हो । निर्वाचनकाे दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा चल्ने बताइएकाे छ।

त्यसैगरी बोर्डले निर्वाचनको दिन विमानस्थलदेखि होटल र होटलदेखि विमानस्थलसम्म सटल बस सेवा प्रदान गर्न इच्छुक कम्पनीका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको व्यवस्था गर्न आवश्यक सिफारिसपत्र समेत दिन सम्पर्क व्यक्ति तोकेको छ ।

निर्वाचनको समयमा सीमानाका भने निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिले बन्द हुने छ । त्यस्तै साे दिन देशभरिका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्त्वपूर्ण ऐतिहासिक स्थल समेत खुला रहने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here