काठमाडौं। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बेलुकी मकवानपुरको बागमती गाउँपालिका-८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा प्र.३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेर बकैया गाउँपालिका-८ बस्तिपुरका ४० वर्षीय प्रेमबहादुर गोलेकाे मृत्यु भएको हाे।

























