साम्बाकाे उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग प्राप्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ ।

साम्बाले साेमबार उपचारको लागि आर्थिक सहयोग माग गरेकि थिइन्। सामाजिक सञ्जालमा अपडेट गरेसँगै विदेशीबाट २४ घन्टा नपुग्दै ४१ लाख बढी सहयोग प्राप्त भएको हो ।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गरेकी थिइन् । साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here