काठमाडौं । बुधबार चाँदीका भाउ ताेलाकाे ५ हजार ७१५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा १३० रुपैयाँ बढेको हो । अघिल्लो दिन ५ हजार ५८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यता आज सुनको भाउ आज स्थिर रहेकाे छ। आज सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ छ ।
माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुन त्यसयता केही घटेको थियो ।

























