काठमाडौं । सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे। जसअनुसारच चुनावका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उनले बताए ।
सो अवधिमा निजहरूको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णयमा भनिएको छ ।




























