‘मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत छौ’ आयोग

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका, तर मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको बताएको छ । आयोगका अनुसार यस्तो जिज्ञासा आयोगले स्थापना गरेको कल सेन्टरमा आउने गरेको छ ।

मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर रहेकाेमा मतदाताहरुले प्रश्न सोध्ने। गरेका छन् । निर्वाचनसँग सम्बन्धित विषयमा नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर प्रश्न सोध्न सकिन्छ ।

आयोगका अनुसार मतदाता नामावली छापिनुअघि मतदाताको मृत्यु भएको सूचना प्राप्त भएका सबै मृतकहरूको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ । सूचना प्राप्त नभएका वा तोकिएको मितिभन्दा पछि मृत्यु भएका मृतकको नाम मतदाता नामावलीमा रहन्छ । यस्तो अवस्थामा निजहरूको नामको दुरुपयोग नहोस् भन्ने कुरामा आयोग सचेत रहेकाे बताएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here