प्रचण्डले भने :’मेराे भनाइलाई गलत अर्थ लगाइयाे’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ताेडमाेड गरेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइलाई गलत अर्थ लगाइएको भन्दै आपत्ती जनाएका हुन् ।

उनले भने, ‘विगतको कुरा गर्दा, संविधानसभाको कुरा गर्दा हामीले कांग्रेस एमालेसँग जरुरी पर्दा त सहकार्य गर्नुपर्छ भनेको गम्भीर, संवेदनशील, इमानदार कुरालाई बंग्याएर अहिले नै चुनावमा तालमेल गर्न खोज्यो प्रचण्डले, कुनै दिन प्रचण्डले मिल्यो भनेर एमालेसँग गर्‍यो भने अनौठो मान्न पर्दैन भनेर अघि आउँदा आउँदै मैले एउटा समाचार पढेँ । यस्तो अचाक्ली चाहीँ गर्न हुँदैन ।’

साथै, उनले कांग्रेस–एमाले भदौ २३ गते अघिका मात्रै सहयात्री भएको बताए ।

उनले थपे‘यो संविधानको रक्षा गर्ने, गणतन्त्र, संघीयता, समावेशीतामाथि महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम थारुले पाएका अधिकार खोस्ने खतराकाविरुद्ध हामी सबैसँग सहकार्य गर्छौं भनेको हो । हिजोका त हाम्रा सहयात्री हुन् नि । २३ गतेका उनीहरू हाम्रा सहयात्री होइनन् । हामीले खबरदारी गर्दा गर्दै भयो,’ प्रचण्डको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here