ओलीले भने: ‘रास्वपाकाे सरकार अहिले छ, निर्वाचनपछि त्याे रहदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार भनेका छन् । बिहीबार झापा-५ मा पत्रकारसँग कुराकानी गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

चुनावी कार्यक्रमका अवसरमा उनले भने ‘रास्वपाले त दुई तिहाइको सरकार बनाउने भन्दैछ नि ?’ भनेर सोध्दा ओलीले भनेका छन्, ‘होइन, २१ गते अघि त रास्वपाको मात्रै सरकार छ नि !’

उनले थपे तर, फागुन २१ गतेपछि भने रास्वपाको सरकार रहन्न । बाङ्ग्लादेश देख्नुभएन,’ ओलीले भने ।

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ३० हजार मतान्तरले हराउने दाबी गरेको विषयमा पनि ओलीले प्रतिक्रिया दिएका छन् ।

उनले भने ‘देख्या हो भने सपना हो, नदेख्या भए कविता हो । त्यो कुरा गलत हो,’ ओलीले भने यहाँ म २०/२५ हजार मतान्तरले जित्नेमा विश्वस्त छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here