राेल्पामा चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटना

काठमाडौं । राेल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटनामा परेको छ ।

शनिबार रोल्पाको लिबाङमा आयोजित चुनावी सभामा सहभागी भइ फर्कने क्रममा ना ५ ख १२३१ नम्बरको गाडी सुनिल स्मृति गाउँपालिका–३ मिझिङ उपल्लो थर, धन्डी पोखरा क्षेत्रमा दुर्घटनामा परेको हो ।

बस ब्रेकफेल भइ अनियन्त्रित हुँदा भित्तामा ठोकिदा बसमा सवार २० जना घाइते भएको हाे। घटना बारे थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here